प्रधानमन्त्री ओलीका हप्ता दिन : सरकार नभइ संगठनकै काममा व्यस्त

२०८१ पुष २७ गते शनिवार
सारांश
  • हप्ताको पहिलो दिन आइतबार १४ गते ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागि भए ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरु धेरैजसो दौडधुपमै विते । बितेको एक हप्तामा प्रधानमन्त्री ओली उद्घाटन, भाषण र एक अर्कालाई व्यङ्य गर्नैमै विताएका छन् ।


हप्ताको पहिलो दिन आइतबार १४ गते ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागि भए । उक्त कार्यक्रममा ओलीले एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् भन्दै एमालेको तारिफ गर्न भ्याए । उनले पार्टी प्रवेश गर्नेहरुलाई स्वागतसँगै पार्टीमा आउने छनोट सही भएको बताए ।


‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ । तपाईँहरु नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’


ओली सोही दिन नै पर्सा पुगे । जहाँ उनले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ भन्दै खरो भाषण दिएर फर्किए ।


‘हामी क्रान्तिकारी हौं । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभइ संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।’, प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’


यसरी आफू र आफ्नो पार्टीको धाक लगाउन कहिले नछोड्ने प्रधानमन्त्री केपी नै  हुन् भन्दा पनि फरक पर्दैन होला । उसो त अरु नेताहरु पनि कमका छैनन् । जस्तोसुकै काम गरे पनि पार्टी सबैभन्दा राम्रो आफ्नै हो भन्ने धारणा सबैमा हुनु स्वभाविक जस्तै बनेको छ ।


ओलीे पुस १५ गते लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता कार्यक्रममा सहभागि भए ।


सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे । 
ओलीे पुस १९ गते जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा सहभागी भए । जहाँ उनले महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औंचित्य स्थापित भएको बताए ।
‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने ।
सोही दिन ओलीले पूर्वराष्ट्रपति विद्यादेवी  भण्डारीसँग भेटवार्ता गरे । उनले करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल गरे ।
यसैगरी पुस २१ गते ओलीले एमाले केन्द्रीय समिति बैठक डाके । जहाँ ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरे ।
उक्त बैठकमै ओलीले देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् भन्दै दरो कटाक्ष दिए । जसमा उनले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे । उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भइ झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे । 
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।’, अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’
यसैगरी पुस २३ गते ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावाबीच भलिबल खेलमा पदक विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।
यसैगरी पुस २४ गते ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल निर्माण उद्योग परिषद्का कर्मचारीहरुसँग भेटवार्ता गरे । 
यसैगरी पुस २५ गते ओली अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे । जहाँ उनले एमालेमा बार्गेनिङ चल्दैन भन्दै भाषण दिएर आफ्नो बाटो लागे । 
‘हामी आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । मर्ज गर्न आए हुन्छ । तर एकताका नाममा बार्गेनिङ चल्दैन् । नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर वार्गेनिङ गर्न मिल्दैन । उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’
यसैगरी पुस २६ गते ओली नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पुगे । उनले उक्त कार्यक्रममा हस्तकला क्षेत्र सरकारको सँधंै प्राथमिकतामा रहने भन्दै आश्वासन दिए ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार